नेपालमा आज पश्चिमी वायु र स्थानीय वायुको प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
शुक्रबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिकदेखि मौसम मुख्यतया सफा रहने भएको छ ।
शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने महाशाखाले जनाएको छ ।