छापावाला सुनको मूल्य आज पनि घट्यो, तोलामा १ लाख ३८ हजार ७०० रूपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि छापावाला सुनको मूल्य घटेको छ ।
बिहीबार छापावाला सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको छ । साथै बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४० हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार चाँदी तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।