आगलागी-डढेलो र चट्यांगका कारण २७ जनाको मृत्यु, ९० घाइते
काठमाडौं । आगलागी- डढेलो र चट्यांगका कारण यहि वैशाख महिनाको २४ गतेसम्म २७ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाख १ देखि २४ गतेसम्ममा २७ जनाको मृत्यु भएको जनाएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले ६ र चट्यांग लागेर ३ जनाले मृत्यु र ९० जना घाइते भएको प्राधिकरणले बताएको छ ।
यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको हो । यसअघि यसतो सुविधा भूकम्प पीडितहरुका लागि मात्र उपलब्ध गराइएको थियो।