भारतमा चट्यांग लागेर ११ जनाको मृत्यु, कैयौं मानिस घाइते
एजेन्सी । भारतको पश्चिम बंगालमा बिहीबार चट्यांग लागेर ११ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्यांग लागेर मृत्यु भएको हो । चट्यांग लागेर कैयौं मानिसहरु घाइते भएका छन् ।
मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।पश्चिम बंगाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपूर्ति दिने घोषणा समेत गरेको हो ।
त्यस्तै, घाइतेको उपचार खर्च व्यहोर्ने पनि सरकारले जनाएको छ ।