देशभर १३ सय बढी ठाउँमा आगलागी, वन डढेलोको समस्या विकराल बन्दै, २४ जनाको मृत्यु
काठमाडौं । देशभर आगलागी र वन डढेलोको समस्या विकराल बनेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार देशका ३९ जिल्लाका १ सय ६५ स्थानमा वन डढेलो लागेको हो । जसमध्ये अधिकांश डढेलो बुधबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । तत्काल ठूलो वर्षाको सम्भावना नभएकोले अझै केही दिन वन डढेलो बढ्दै जाने अनुमान गरिएको हो ।
वैशाख महिना लागे यता देशका १३ सय भन्दा बढी ठाउँमा डढेलो र आगजनीका घटना भएका छन् । सोही घटनामा २४ जनाको मृत्यु समेत भइसकेको हो । बबुधबार मात्रै ललितपुरको गाादावरीमा डढेलो निभानउने क्रममा स्थानीय २ जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहारी र रमेश पहारीको मृत्यु भएको प्रहरीले बताएको हो ।