विदेशी मुद्राको विनिमय दर आज यस्तो छ…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९२ पैसा पुगेको होे। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १४ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।