शंखमूलमा एक पसलमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको शंखमुलमा आइतबार लागेको आगलागी नियन्त्रणमा आएको छ ।
शंखमुलस्थित एक पसलमा आइतबार दिउँसो खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको हो। लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोलीले सोही स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ ।
आगलागी भएपछि काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको हो ।