देशका अधिकांश भू-भागमा आज मेघगर्जन/चट्यांगसहित वर्षा र हावा-हुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
आइतबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम साधारणतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो ।
त्यस्तै, देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
आइतबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुने भएको हो । देशको बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ । त्यस्तै, गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो। गण्डकी प्रदेशका उच्च पहाडी/ हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।