देशभरीको मौसम आज कस्तो रहँला…
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ । त्यस्तै, कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी/ हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी, मधेश, सुदूरपश्चिम, कोशी प्रदेश र बाँकी भू-भागका केही स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको हो ।
मंगलबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी, मधेश, सुदूरपश्चिम, कोशी प्रदेशका र बाँकी भू-भागका केही स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।