पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आइतबार हुने भएको छ ।
उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आइतबार सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आइतबारलाई सारेको थियो ।
सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।