कुनै पनि जात विशेषलाई पहिचानको मुद्दा बनाउनु हुँदैन: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताउनुभएको छ ।
इलाम-२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ निम्वाङ विजय भएपछि आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको उहाँले बताउनुभयो । साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्रीने उहाँको छ । कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको पनि उहाँले बताउनुभयो ।
विगतमा पनि मेची, कोशी, कर्णाली, सेती र बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै उहाँले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको दावी गर्नुभएको हो । समृद्ध नेपाल र सुखी नेपाली आमनेपालीको पहिचान भएको बताउदै उहाँले त्यसलाई साकार पार्न एमाले लागि परेको बताउनुभयो ।
अनेकौ भ्रमपूर्ण कुराहरुलाई चिर्दै एमालेका उम्मेदवार सुहाङलाई विजयी गराएको बताउदै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।