शेयर बजार बिहीबार सामान्य अंकले गिरावट भएको छ ।
काठमाडौं । शेयर बजार बिहीबार सामान्य अंकले गिरावट भएको छ ।
उतारचढावबीच बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्से ३ अंक बढीले ऋणात्मक रहेर १९ सय ६५ कायम भएर थामिएको हो । बिहीबार पटक-पटक नेप्से सकारात्मक रहेर १९ सय ७५ सम्म पुगे पनि वृृद्धि अन्तिमसम्म टिक्न नसकेको हो ।
बिहीबार ८ वटा समूह ओरालो लाग्दा ५ वटा उकालो लागेका छन् । वित्त-बीमा, सामूहिक लगानी कोष र व्यापार समूह सकारात्मक रहँदा बाँकी ऋणात्मक रहेका हुन् । वित्त समूहमा ३ प्रतिशत माथिको वृद्धि आएको छ ।
उत्पादन मूलक समूह करिब १ प्रतिशतले ओरालो लाग्दा बाँकी सामान्य अंकले ऋणात्मक रहेका हुन् । बिहीबार नेप्सेमा ३ सय ३ कम्पनीको ६३ लाख बढी कित्ता शेयर २ अर्ब ३७ करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ । बिहीबार १ सय ४९ कम्पनीको मूल्य घट्दा ८८ को भने बढेको हो ।
बिहीबार मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाउँदा पोखरा फाइनान्सको शेयर मूूल्य पनि ८ प्रतिशत बराबरले बढेको नेप्सेले जनाएको छ ।