जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार दिउँसो पनि बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार दिउँसो ४ बजे बस्ने बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको निर्देशिकाका विषयमा छलफल हुने भएको हो । शुक्रबारको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन र पेशागत संघ-संगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका प्रस्तुत भएको थियो ।
निर्देशिकामा करिब १ हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव प्रस्तुत गरिएको जसपाले जनाएको छ ।