गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ।
काठमाडौं । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा गुल्मीदरबार गाउँपालिका ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको हो । सोही दुर्घटनामा परी ३१ वर्षका यमबहादुर सूर्यवंशी घाइते भएका छन्।
गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।
दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।