देशका ७ वटै प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित वर्षा हावा-हुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
सोमबार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै, कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
सोमबार दिउँसो भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै, देशको उच्च पहाडी/ हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको हो। लुम्बिनी, मधेश, कोशी प्रदेश र बाँकी भू-भागका केही स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको हो ।
सोमबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको हो।
साथै लुम्बिनी, कोशी प्रदेश र बाँकी भू-भागका केही स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।