झापामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं । झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान भएको सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको जीप एक आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार ३ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
सोही दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि बि एन्ड सी मेडिकल कलेज लगिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको छन् । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्न थालेको हो ।
मृतक ३ जाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।