नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
सुनको मूल्य बुधबार तोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको हो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार कारोबार भएको महासंघले जनाएको हो ।