सुनको मूल्य आज घट्यो, चाँदीको मूल्य भने बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार घटेको छ ।
सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार सोमबार छापावाल सुन मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय र तेजाबी सुन १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो ।
यसअघि आइतबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।