बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते
काठमाडौं । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार राति पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।
ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भएर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेकको प्रहरीले बताएको हो ।
तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा शनिबार राति साढे ७ बजेतिर दुर्घटनामा परेको थियो ।