सगरमाथा एजुकेशनल एकेडेमीमा पुस्तक विमोचन सम्पन्न
चाबहिल सरस्वतीनगर स्थित सगरमाथा एजुकेशनल एकेडेमीमा हङेरियन लेखक ओलिभर
शिफ्लिशद्वारा लिखित “Less fear More Happiness” पुस्तकको नेपाली अनुवाद” थोरै डर, धेरै खुसी” जीवन जिउने
आधार’ को विमोचन भएको छ। यस पुस्तकको नेपाली अनुवादक कवि भोज कुमार धमलाले गर्नु भएको हो।
उहा साहित्य समालोचक तथा कबि हुनुहुन्छ। धमलाले अंग्रेजी कविता सङ्ग्रह ‘The Selfish City’ प्रकाशन गर्नुभएको
छ।
पुस्तक विमोचन कार्यक्रम सन्चालन बिद्यालयका प्राचार्य पुस्पराज सिम्खडाले गर्नुभएको थियो भने बिद्यालयका
निर्देशक नारायणप्रसाद सापकोटा, अनुवादक भोज कुमार धमला, सम्पादक अनुप खड्का र पुस्तकका लेखक ओलिभर
शिफ्लिशले पुस्तकको बारेमा प्रकाश पार्नु भएको थियो।
दिन र रात भनेजस्तै सुख र दुख जीवनका दुईपाटा हुन यसलाई सहजरुपमा स्विकार्नेको जीवन सार्थक हुनेछ।
दुख चिन्तालाई घटाउदै खुसी का साथ जीवन जीउनुनै जीवन जीउने कला हो भन्ने धारणा लेखकले राख्नु भयो।
अनुबाद आफैमा जटिल बिषय भएता पनि यस पुस्तक अनुबादका क्रममा सकेसम्म पुस्तकको मूल आशयलाइ
जस्ताको तस्तै उतार्न खोजेको कुरा अनुवादक धमलाले बताउनु भयो।
सो कार्यक्रममा बिद्यालयका छात्रछात्रा, शिक्षक एवं बिभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो। लेखक
ओलिभर शिफ्लिशले बिद्यालयको पुस्तकालयको लागि ५ थान पुस्तक पनि प्रदान गर्नु भएको थियो।