नेपाल मेडिकल कलेजलाई पार्किङ निःशुल्क गर्न नगर प्रमुख दिपक रिसालको निर्देशन
२२ पुष, काठमाडौँ । स्थानियको जनगुनासो आएपछी नेपाल मेडिकल कलेजलाई तत्काल पार्किङ निः शुल्क गर्न गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले पत्र पठाएका छन् । अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा पार्किङ शुल्क लिनु न्यायोचित कुरा नभएको भन्दै नगर प्रमुख रिसालले पार्किङ निःशुल्क गर्न आग्रह गर्नुभएको हो । विगत लामो समय देखि नगरवासी तथा सेवाग्राहिहरुले नगर प्रमुख रिसालसंग गुनासो गर्दै आएका थिए ।
पाकिङ निःशुल्क हुने भएपछि आफूहरुलाई राहत महसुस भएको पनि स्थानियले बताएका छन् । गोकर्णेश्वर नगरपालिका ८ का स्थानिय आयुष खड्गीका अनुसार आफू पटक पटक अस्पताल जाँदा प्रत्येक चोटि पाकिङको पैसा तिर्नु परेर हैरान भएको र खुजुरा पैसा नहुदा त झनै हैरानी खेप्नु परेकाले नगर प्रमुखको पाकिङको पैसा निःशुल्क गर्नु भन्ने निर्देशनले आफूलाई उत्साहित बनाएकोे बताएका छन् ।
