नेकपा एमालेको सुदूरपश्चिम प्रथम अधिवेशन आज, अध्यक्ष ओलीद्वारा उद्घाटन हुने
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन आज हुने भएको छ । एक कार्यक्रमका बिच पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन आज हुने भएको छ । एक कार्यक्रमका बिच पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।
अधिवेशनमा ६७५ जना प्रतिनिधि सहभागी रहने पार्टीका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । पार्टी प्रदेश अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन् ।
बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरी ४१, डडेलधुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरी १८ जना प्रतिनिधि रहेका छन् भने जनसङ्गठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरी ७५ जना प्रतिनिधि रहने छन् ।
पार्टीको मजदुर विशेष इलाका कमिटीबाट एक महिला, चार पुरुष गरी पाँच जना प्रतिनिधि रहेका छन् । बुद्धिजीवी विशेष इलाका कमिटीबाट एक महिला र चार पुरुष गरी पाँच जना प्रतिनिधि रहने जनाइएको छ ।