एसियाली खेलकुदका लागि क्रिकेट टिम घोषणा, विनोद, विवेक र अभिनाशको पुनरागमन
१९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ ।
जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले १५ जनाको नामावली राष्ट्रिय खेलकुद परिषद(राखेप)मा बुझाइसकेको छ ।
टी–२० फम्र्याटमा हुने खेलका लागि विवेकले १४ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
विनोद भण्डारी र अभिनाश बोहोराले पनि एकदिवसीय फम्र्याटका खेलमा टिप बाहिर थिए ।
हाल टिममा रहेका ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, भिम सार्की, देव खनाल, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल, आरिफ शेख र सूर्य तामाङ एसियाली खेलकुदको टिममा छैनन् ।