भेट्रान शुभकामना दौड : धर्म र कल्पना भए पहिलो
पूर्व धावकएवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामाआयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पनामहर्जन पहिलो भएका छन् ।विहीबार आयोजितप्रतियोगितामा धर्म पुरुषतथाकल्पनामहिलामापहिलो भएकाहुन् ।
अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताकापदकविजेताएवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतकाम्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेन्डमा पूरा गरे । भीमबहादुर गुरुङ दोश्रो तथा राजेश महर्जन तेश्रो भए ।
बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा संयुक्तआयोजित दौडमा कल्पनाले दूरी २८ मिनेट ४० सेकेन्डमा तय गरिन् । याङदकीलामाशेर्पा दोश्रो तथासिता रिमाल तेश्रो स्थानमा रहे ।
बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतिको पूर्व सन्ध्यामाप्रत्येक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७प्रतिस्पर्धी सहभागीथिए । १२औं संस्करणको सांगीतिक प्रस्तुति यो वर्षको अगष्टमा इङल्यान्डको लन्डनमा हुँदै छ । १० औं अमेरिकामाभएको थियो । ‘स्वास्थ्यकालागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामाआफै पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्नभागको परिक्रमा गरी राखेपमै आएर टुंगिएको थियो ।
विजेतालाई एथलेटिक्सका पूर्व प्रशिक्षकमधुशमशेर राणा, नेपालभलिबल संघकी पूर्व सदस्यएवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यअघि दौडको दक्षिण एसियाली खेलकुदकाकीर्तिमानीपूर्व धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए ।
सो अवसरमा तीनपटककी एभरेष्ट म्याराथनविजेतायाङदीलामा शेर्पा, धावकद्वयपुष्पलालमहर्जन र लाक्पा शेर्पा लामालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।