शरणार्थी प्रकरणबारे परराष्ट्र मन्त्री साउद भन्छन्- पत्रिकाले लेखेर हुन्न, अदालतको निर्णय पर्खनुपर्छ
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अदालतको निर्णय पर्खनुपर्ने बताएका छन्।
पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा कारागारमा छन्।
खाणबारे कांग्रेसको जारी केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
साउदले पनि आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै भुटानी शरणार्थी प्रकरणको चर्चा धेरै भइरहेको बताए।
‘भुटानी शरणार्थीबारे धेरै चर्चा भएको छ। कहिलेकाहीँ केही घटना र अपराध यस्ता हुन्छन्। कोही समातियो भने त्यही दिन पार्टीले निकाल्दिए हुन्छ,’ उनले भने, ‘कोही छानबिनमा नगएर भाग्यो भने पनि पार्टीले निकाले हुन्छ। तर छानबिन भइरहेको र अनुसन्धानमा सहयोग गरिरहेकोलाई अदालतको निर्णय पर्खिनुपर्छ।’