राष्ट्रपतिमा रास्वपालाई सहयोग माग्दै एमाले
नेकपा एमालेले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोग मागेको छ
बिहीबार रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी कार्यालय बसुन्धरामा भेटेर एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको हो । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।