भ्रष्टाचार गरेको भन्दै दुई इन्जिनियरविरुद्ध अभियोगपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दैलेखको निगालपानी रेग बगौरा सडक निर्माण आयोजनाका इन्जिनियर सरोज कुमार दाहाल र सव इन्जिनियर नविनकुमार विसीले मिलेमतोमा रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।
दाहाल र विसीले योजनाको सम्झौतामा निर्धारित सर्त र मापदण्ड विपरीत झुठा नापी किताब, उपभोक्ता सम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन समेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बद्नियपुर्वक वास्तविक काम लुकाउँदै नभएको काम देखाएको अख्तियारको आरोप छ ।