कास्कीमा कर्मचारीलाई वडाध्यक्षले कुटे
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई कुटपिट गरेका छन् । वडाध्यक्षले शुक्रबार बिहान १० बजे हातपात गरेका हुन् ।
घाइते जिसीको नाकमा चोट पुगेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । वडाध्यक्षले आफुमाथि सार्वजनिक ठाउँमा कुटपिट गरेकाले आवश्यक कारबाही गर्न जिसीले उजुरीमा माग गरेका छन् ।

