समानुपातिकतर्फ सातमध्ये चार प्रदेश सभामा पनि एमालेको अग्रता
समानुपातिकतर्फको मतगणनामा प्रतिनिधि सभातर्फ निरन्तर अग्रता कायम राखेको नेकपा एमालेले सातमध्ये चार प्रदेश सभामा पनि अग्रता लिइरहेको छ।
बिहीबार अपरान्हसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको अग्रता लिइरहेको छ।
नेपाली कांग्रेसले मधेस प्रदेशमा अग्रता लिइरहेको छ भने कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
हेर्नुस् कुन प्रदेशमा कुन पार्टीले कति मत पाए:
