आज मौद्रिक नीतिको पहिलो समीक्षा हुने
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुने भएको छ । सम्भवतः आइतबार बेलुकासम्ममा मौद्रिक नीतिको समीक्षा आउन सक्ने राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले जानकारी दिए ।
‘आइतबार राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक बोलाइएको छ, बोर्डले पास गरे आजै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुन्छ’ पोखरेलले रातोपाटीसँग भने । पोखरेलका अनुसार बोर्डले पास गरे आजै बेलुका ५ बजेसम्ममा पत्रकार सम्मेलनको आयोजना गरेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिनेछ । तर, मौद्रिक नीतिको समीक्षाले के–के टुल्सहरुमा परिमार्जन गरिएको छ सो भने उनले भन्न चाहेनन् ।
खासगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंकिङ कर्जा/निक्षेप/पुँजी (सिडिसी) रेसियोको ८५ प्रतिशतको नीतिलाई हटाउँदै कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) लाई ९० प्रतिशत कायम गरेको थियो । यस्तै, बैधानिक तरलता (एसएलआर) मा २ प्रतिशत बढाएर वाणिज्य बैंकहरुका लागि १२ र विकास बैंकहरुका लागि १० प्रतिशत कायम गरेको थियो भने अनिवार्य बैधानिक तरलता अनुपात (सिआरआर) १ प्रतिशतले बढाएर ४ प्रतिशत पुर्याएको थियो ।