भाटभटेनीको बेसमेन्ट हटाउँदै महानगर
काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउने भएको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ ।
भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले महानगरले बल प्रयोग गरेर बेसमेन्ट हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।