आज इन्द्रजात्रा मनाईदै
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाईने यस पर्व काठमाण्डौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज इन्द्रजात्रा मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मनाइने यस पर्वलाई येँया पुन्हि पनि भनिन्छ । आठ दिन सम्म मनाइँने उपत्यकाको चर्चित जात्रा इन्द्रजात्राको मूल कार्य आज सुरु हुने छ । यस जात्रामा विभिन्न देवि देवताको नाच प्रर्दशन गरिन्छ । यस जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ । भाद्र शुक्ल द्धादशीका दिन यो जात्राको उद्गम स्थल मानिने हनुमानढोकाको अगाडी धार्मिक विधिपूर्व इन्द्रध्जा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा गरि मनाउने प्रचलन छ, लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय विजय मनाउने पर्वको रुपमा इन्द्रजात्रा मनाउने गरिन्छ राष्ट्रपतिबाट हनुमानढोका स्थित गद्धी बैठकमा जीवित देवीका रुपमा रहेकी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।