अस्ताए बौद्धिक, राजनीतिक तथा एक समाजवादी चिन्तक नेता प्रदिप गिरी
पिता मित्रलाल गिरीर आमा पुण्यप्रभा गिरकिो सुपुत्र नेता प्रदिप गिरीको जन्म वि.स. २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । बौद्धिक समाजवादी चिन्तक नेत गिरी नेपालको समकालिन राजनैतिकका एक विचारक हुनुहुन्थ्यो । उहाँ २०२१ सालको राजनीतिक परिवर्तन पछि राजनीतमिा संलग्न रहनुभएको हो, राजनैतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हाल सम्म कुल चार वर्ष उहाँले जेल जीवन बिताउनु भयो । हाल प्रतिनिधिसभा सदस्य रहनु भएका उहाँ २०२४ सालमा बनारसमा नेपाल छात्र संघमा निर्वाचित रहनु भएको थियो । वि.स. २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुभयो । साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संधिान निर्मानको जिम्मेवारीमा संलग्न रहनुभएको थियो । दोस्रो संविधानसभा सदस्य निवाृचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो । नेत गिरी राजनैतिक क्षेत्रमा मात्र नभई साहित्यक क्षेत्रमा पनि अवल हुनुहुन्थ्यो । लेनिन, (जीवनी) नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत उहाँका झण्डै एक दर्जज पुस्तक प्रकाशित छन् । लामो समय देखि घाँटिको क्यान्सरबाट पिडित नेता गिरी भारतको मुम्बाईका विभिन्न अस्पतालमा उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा नेत ागिरीको शनिबार राति ९ :३० बजे ७४ वर्षको उमेरमा निधन भएको हो ।