बालेनको भारत भ्रमणमा ठोस उपलब्धि देखिएन : प्राध्यापक एसडी मुनी
भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट कुनै ठोस नयाँ उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै मुनीले भ्रमणको प्रस्तुति र प्रतिबद्धता आकर्षक भए पनि उपलब्धि अपेक्षित सीमामै सीमित रहेको बताएका हुन् ।
उनले बालेनको भारत भ्रमणलाई प्रस्तुति र प्रतिबद्धताका हिसाबले आकर्षक भए पनि ठोस उपलब्धि र नयाँ सहमति हासिल हुन नसकेको टिप्पणी गरेका छन् ।
संयुक्त भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारको संज्ञा दिँदै उनले यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर रहने बताएका छन् ।
त्यस्तै, उनले बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतीय प्रस्तावलाई चीनसँग जोडिएको सुरक्षा चासोको विषयका रूपमा समेत व्याख्या गरेका छन् ।