सीके राउत नेतृत्वको पार्टी विजयी कंकालिनी नगरपालिकामा
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् ।
निवर्तमान मेयर शैलेशकुमार साहलाई पछाडि पार्दै माझी मेयर निर्वाचित भएका हुन् । माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे ।