पहिलो परीक्षामा नागेश कोइराला : आफ्नैहरूबाट डर
विराटनगरमा नेपाली कांग्रेसको राजनीति र कोइरालाहरूको प्रसंग चल्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ नै । बीपी कोइरालाका राजनीतिक सहयोगी तिनै हरिबाबुका ४९ वर्षीय नाति नागेश कोइराला योपटक विराटनगरमा मेयरको चुनावी मैदानमा छन् ।
बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट जनप्रशासनमा स्नातकोत्तर उनी २०५४ सालमा नेपाल तरुण दल, मोरङको कोषाध्यक्ष भएर काँग्रेसको राजनीतिमा आएका थिए ।
२०५६ मा तरुण दल मोरङको सभापति बनेका उनी २०६६ मा मोरङ कांग्रेसको कोषाध्यक्ष, २०७२ मा सचिव र १४औं जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।