मताधिकारको सही प्रयोग गर्नुहोला चुनावका बेला अमेरिका पुगेकी केकी भन्छिन्
अभिनेत्री केकी अधिकारी एक टेलिभिजन रियालिटी शोको कार्यक्रममा भाग लिन अहिले अमेरिकामा छिन् । विवाह गरेको एक सातामै उनी अर्की अभिनेत्री रीमा विश्वकर्मासँगै न्युयोर्क उडेकी हुन् ।
स्थानीय चुनावको छेकोमै विदेश उड्नुपरेपछि केकी मतदानबाट वञ्चित हुने भएकी छन् । मताधिकारको प्रयोग गर्न नपाएकोमा आफूलाई चित्त दुःखेको केकीले बताएकी छन् ।
फेसबुकमा स्टाटस लेख्दै केकीले निर्वाचनको समयमा देशबाहिर हुनु र बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुखेको उनले उल्लेख गरेकी छन् ।