जसपा : कांग्रेससँग पालुङटारको मेयर लिएपछि गोरखामा माओवादीतिर ढल्कियो
पालुङटार नगरपालिकाको निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले कुनै हालतमा मेयरको उम्मेदवारी फिर्ता नगर्ने अडानमा थिए । तर जनता समाजवादी पार्टी (जसपा)का डा. बाबुराम भट्टराईको जोडबलका कारण शीर्ष नेताहरु सहमत भए ।
पालुङटारको उपमेयर र गोरखा नगरपालिकाको मेयर र उपमेयरमा आफ्नो उम्मेदवारलाई जसपाले समर्थन गर्ने गरी कांग्रेसले बलपूर्वक कँडेललाई ‘ब्याक’ गरायो ।शीर्ष नेताहरुको चर्को दबावपछि १८ वैशाखमा विज्ञप्ति जारी गरेका कँडेलले पार्टी केन्द्रको निर्णय मान्ने भन्दै जसपा उम्मेदवार प्रेमबहादुर गुरुङलाई समर्थन गरेको आशय जनाए । जसपाले उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ ।