बुटवलको मेयरमा कांग्रेस र उपमेयरमा एमाले अग्रता कायमै उम्मेदवारको
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् ।
उपमहानगरका १९ मध्ये ७ वटा वडाको मत गणनाको परिणाम अनुसार नेपाली कांग्रेसका खेलराज पाण्डेय २९ सय ४६ मतले अगाडि छन् ।
१८ हजार ७ सय २६ मत गनिसक्दा खेलराजले ८ हजार ९ सय २६ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईले ५ हजार ९ सय ८० मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनले १७ सय ६४ मत पाएका छन् ।
उपमेयरमा भने एमालेकी सावित्रादेवी अर्यालको अग्रता कायमै छ । उनले ६ हजार ६२८ मत पाउँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५ हजार ४८ मत पाएका छन् । राप्रपाकी भगवती पाण्डेले २३ सय ६३ मत ल्याएकी छन् ।