‘पन्ध्रौं चुली’ बजारमा सगरमाथाबारे लेखिएको पुस्तक
लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ ।
१५ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा शनिबार आयोजित कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामी रिता शेर्पा र मिङ्मा शेपाले पुस्तक लोकार्पण गरे ।कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तक रोचक किसिमले लेखिएको र यसमा सगरमाथा आरोहण मात्र यसका इतिहाससम्बन्धी नालीबेलीसमेत रहेको बताए ।