नेपालको अथर्तन्त्र होइन, शासकीय चरित्र श्रीलंकाको जस्तो : स्वर्णिम वाग्ले
अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलंकाको जस्तै रहेको बताएका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. वाग्लले नेपाल र श्रीलंकाबीचमा केही समानता रहेको र त्यो शासकीय स्वरुपसँग बढी सम्बन्धित रहेको बताए ।