वामदेव गौतमले नगर्ने मतदान
तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन् ।राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले केही समय राजनीतिमा न्यूट्रल रहने बताउदै मतदान नगर्ने जनाएका हुन् ।
उनी हाल सक्रिय राजनीतिमा छैनन् । नेकपा विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेका उनी हाल राजनीतिमा निश्क्रिय जस्तै रहेका हुन् ।