पाल्पाको रैनादेवीमा विप्लव समूहले एमालेलाई सघाउने
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले एमालेलाई सहयोग गर्ने भएको छ।
सो समूहले शुक्रबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाललाई सहयोग गर्ने बताएको छ ।
आफूहरुले सरकारले गरेको गलत कामकोविरुद्धमा आवाज उठाउँदै आएको भन्दै विगतको विरासत जोगाउन एमालेलाई चुनावमा सहयोग गरेर अगाडि बढ्ने विप्लव समूहका रैनादेवी छहराका इन्चार्ज नारायण केसीले जानकारी दिए ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै वडामा रहेका विप्लव समूहमा आबद्धले नेकपा एमालेलाई मतदान गर्न आग्रह गरिएको छ ।