इनार खन्ने क्रममा दाङमा एकजना वेपत्ता
दाङको तुलसीपुर उपमहानगरपालिका -१३ फुलबारीमा इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माटो खन्ने क्रममा आइतबार विहान ११ बजेतिर बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका–१७ निवासी हरि चौधरी अझै फेला परेका छैनन् ।
२४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।४० फिट गहिरो रहेको र वरपरबाट माटो खसिरहेकाले पनि निकाल्न समस्या भएको प्रहरीले बताएको छ ।