रेनुको अग्रता कायम भरतपुरमा
भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् । ४४२३ मत गणना हुँदा रेनुले १६११ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् ।
सुवेदीले १५४१ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १७७५ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १२४२ मत प्राप्त गरेकी छन् ।