जुम्लामा माओवादी केन्द्रबाट उम्मेदवार दोहोरिन नपाउने
जुम्लामा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एउटै पदमा दोहोर्याएर उम्मेदवार नबनाउने भएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुले सोही पदमा अर्को पटक उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो ।म यो पटक उम्मेदवारी भइसकेको अवस्थामा विजयी हुँदा वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारीमा दावि गर्ने छैन’ उम्मेदवारको प्रतिवद्धतापत्रमा भनिएको छ ।