राजधानीको ध्यान तानेको स्वतन्त्र उम्मेदवार
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावले राजनीतिक माहोल तातेको छ । पाँच वर्षमा एक पटक आउने चुनाव अनि विभिन्न पदमा उम्मेदवारी दिएका एक लाखभन्दा धेरै उम्मेदवारका कारण आम मान्छेको चासोमा वृद्धि हुनु स्वाभाविक नै देखिन्छ । अझ राजधानी काठमाडौं र यसमध्ये पनि सबैभन्दा महत्वपूर्ण काठमाडौं महानगरमा सबैको नजर अडिएको छ ।
मुख्य राजनीतिक दलले यस महानगरमा विजयी हुनुलाई प्रतिष्ठाको विषय बनाउनु र सबै किसिमका संचारमाध्यममा यहाँको चुनावी सरगर्मीले महत्व पाउनुले पनि यस क्षेत्रको महत्व बुझ्न सकिन्छ । चुनावमा कसको हार वा जित हुने हो त्यो त मत परिणाम आएपछि मात्र थाहा होला । तर हाल एक स्वतन्त्र उम्मेदवारको विशेष चर्चा भइरहेको छ ।