‘टाउन स्क्वायर’ बनाउने गठबन्धनको प्रतिवद्धता इटहरीमा विरोध प्रदर्शन गर्न
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले इटहरी उपमहानगरपालिकाको जमिनलाई गुरुयोजना बनाएर वर्गीकरण गर्ने घोषणा गरेको छ ।
चार दलीय गठबन्धनले सार्वजनिक गरेको संकल्प पत्रमा इटहरीका जमिन व्यापारिक, औद्योगिक, आवसीय र कृषि क्षेत्रमा वर्गीकरण गर्ने घोषणा गरेको हो ।
वर्गीकरण परेको जमिन वर्गमा परेको हुन्छ त्यो जमिन त्यही प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने नीति बनाउने गठबन्धनको संकल्प पत्रमा उल्लेख छ । इटहरीलाई महानगर बनाउने मात्र नभई प्रविधि र पर्यावरण मैत्री शहरको परिकल्पना संकल्प पत्रमा गरिएको छ ।
बिजुली तथा इन्टरनेटको तार भुमिगत गरि इटहरीलाई सुन्दर बनाउने लक्ष्य राखिएको छ । खोला किनारमा साइकल लेन निर्माण गरि विरुवा रोपेर ग्रिन बेल्ट निर्माण गरिने गठबन्धनको प्रतिवद्धता छ ।