सिरानचोक ५ मा एकिकृत समाजवादीको प्रचार तिव्र
गोरखा जिल्ला सिरानचोक गाउपालिका वार्ड नं ५ मा नेकपा एकिकृत समाजवादी पार्टीले प्रचार प्रसार तिव्र पारेको छ । पाँच दलिय गठबन्धन हुन नसके पछी नेकपा एकिकृत समाजवादी पार्टी सिरानचोक ५ अध्यक्ष सहित प्यानलनै चुनावी मैदानमा होमिएको हो ।
यस वार्डमा अध्यक्ष को उम्मेदार तिलक बहादूर वानियाँ सदस्यहरु वैकुण्ठ पोख्रेल , सुनिता पोख्रेल, र सुक बहादुर विक चुनावी मैदानमा हुनुहुन्छ । कृर्षि मजदुर संघका केन्द्रीय अध्यक्ष उत्तर बहादुर खडका पनि उक्त चुनावी प्रसार अभियानमा पुग्नु भएको छ ।अध्यक्षको उम्मेदार तिलक बहादूर वानियाँले आफुले जिते यस वार्डको स्वास्थ्य,खानेपानी, कृर्षि, यातायात, र नयाँ रोजगारी सिर्जना गरेर नमुना वार्डको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभएको छ ।
कृर्षि ,मजदूर संघका केन्द्रीय अध्यक्ष उत्तर बहादूर खडकाले पनि यस वार्डको विकास गर्न तिलक बहादूर वानियाँ लाई नै जिताउन अपिल गर्नुभएको छ ।