माओवादी कांग्रेससँग मिल्दा पनि पराजित कोन्ज्योसोममा पहिले एक्लै जितेको
ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।एमालेका कृष्णमान लामा ३१०४ मत ल्याएर निर्वाचित भएका हुन् । एमालेले माओवादी केन्द्रका गोपीलाल सिङ्तानलाई पराजित गरेका हुन । सिङ्तानले २५०१ मत ल्याएका छन् ।२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले कसैसँग तालमेल नगरी अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो ।
यसपटक यहाँ माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।अध्यक्षमा सिङ्तान पराजित भए पनि उपाध्यक्षमा भने नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित भएका छन् ।उनी ३२२७ मत ल्याएर निर्वाचित भए । पराजित भएका नेकपा एमालेका उम्मेदवार रनिता तामाङले २०४८ मत पाएकी छन् ।